काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि आज त्यहाँको माथिल्लो सदन सिनेटमा सुनुवाइ भइरहेको छ।
राष्ट्रपति ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणहरू झिकाउन विपक्षी डेमोक्र्याटले गरेको प्रयास विफल भएको छ। ट्रम्प र युक्रेनबीच भएको भनिएको कुराकानीको प्रमाण ह्वाइटहाउसमा रहेपनि ट्रम्पको आदेशमा दिन अस्वीकार गरिएको विपक्षी डेमोक्र्याटहरूको आरोप छ। अहिले त्यससम्बन्धी थप दस्ताबेज आवश्यक भए/नभएको विषयमा सत्तारुढ र विपक्षी सांसदहरूले बहस गरिरहेका छन्।
सिनेटमा बहुमतप्राप्त रिपब्लिकन महाअभियोग मुद्दाका प्रमुख साक्षी र दस्तावेज झिकाउन नहुने पक्षमा छ। तर विपक्षी डेमोक्र्याट भने जसरी पनि प्रमाणहरू झिकाउनुपर्ने पक्षमा उभिएका छन्। प्रमाणहरू नझिकाइए घटना ढाकछोपको प्रयास गरेको ठहर हुने विपक्षीहरूको भनाई छ।
अधिकारको दुरूपयोग गरी युक्रेनबाट फाइदा लिन खोजेको र अमेरिकी संसदलाई छानबिन गर्न नदिएको विषयमा ट्रम्पले महाअभियोगको सामना गरिरहेका छन्। सिनेटमा ह्वाइट हाउसको बजेट कार्यालयका दस्ताबेजहरूमाथि विचार गर्ने कि नगर्ने भन्ने विषयमा बहस चलिरहेको छ।
ट्रम्पले नियतवश दस्ताबेज रोकेको विपक्षीहरूले आरोप लगाइरहेका छन्। ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेका बारेमा नकारात्मक जानकारी दिन युक्रेनलाई अनुचित दवाव दिएको आरोपमा उनीविरुद्ध महाअभियोग लगाइएको छ।
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि आज त्यहाँको माथिल्लो सदन सिनेटमा सुनुवाइ भइरहेको छ।राष्ट्रपति ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणहरू झिकाउन विपक्षी डेमोक्र्याटले गरेको प्रयास विफल भएको छ। ट्रम्प र युक्रेनबीच भएको भनिएको कुराकानीको प्रमाण ह्वाइटहाउसमा रहेपनि ट्रम्पको आदेशमा दिन अस्वीकार गरिएको विपक्षी डेमोक्र्याटहरूको आरोप छ। अहिले त्यससम्बन्धी थप दस्ताबेज आवश्यक भए/नभएको विषयमा सत्तारुढ र विपक्षी सांसदहरूले बहस गरिरहेका छन्।

">