पाँच हजार घुससहित प्रहरी जवान पक्राउ
सिरहा। सिरहामा पाँच हजार घुससहित एक प्रहरी जवान पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सुखिपरका प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार घुस रकम सहित अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान पक्राउ गरेको हो।

भारतीय बजार लदनियाँबाट घरायसी प्रयोजनका सामग्री भित्र्याउन सहयोग गर्नेे भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ गरिएका प्रहरी जवान यादवलाई थप अनुसन्धानका लागि बर्दिबासस्थित कार्यालयमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्