चीन र रुसबीच संयुक्त युद्ध अभ्यासः १० सेना सहभागी हुने एजेन्सी। चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने भएको छ। ‘वेस्ट–इन्टरएक्सन् २०२१’ नाम दिइएको उक्त युद्ध अभ्यासमा दुवै देशका १० हजार सेना सहभागी हुने जनाइएको छ। चीनले उक्त युद्ध अभ्यासमा भारत र अफगानी सीमामा खटाइएका आफ्ना सैनिकहरुलाई सहभागी गराउनेछ। चीन र रुसको रक्षा मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो युद्ध अभ्यास चीनको किआङ्गटोंशिआ सहरमा हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्