कोरोना महमारीमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि काठमाडौं। कोरोना महामारीको समयमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि भएको पाइएको छ। नेपाल प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ घरेलु हिंसाको घटनामा २१.२४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७७/७८मा देशभर कुल १४ हजार २३२ वटा घरेलु हिंसाका घटना दर्ता भएको जानकारी प्रहरीले दिएको छ। अघिल्लो वर्ष संख्या ११ हजार ७३८ रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्