पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा गएराति सुख्खा पहिरो खसेको थियो।

पहिरो खसेर अवरुद्ध बनेको सडक पहिरो पन्छाएपछि आज बिहानबाट सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए।

खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो।

एक वर्षअघि विस्तारको काम गरिएको सो सडकमा अहिले पहिरो रोकथामको काम भइरहेको छ।रासस

प्रतिक्रिया दिनुहोस्