जापानमा स्वास्थ्य सङ्टकाल अझै निरन्तर रहने काठमाडौं।कोभिड–१९ को महामारीका कारण जापानका विभिन्न प्रान्तमा जारी स्वास्थ्य संकटकाललाई पुनःनिरन्तरता दिइएको छ।टोकियो,साइतामा, चिबा,कानागावा र ओसाकालगायत प्रान्तमा सङ्क्रमणदर बढेको भन्दै हिजोदेखि पुनः स्वास्थ्य सङ्कटकाल जारी राख्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ।स्वास्थ्य सङ्कटकाल लागू भएको प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो छुट्टै सूचनामार्फत पुष्टि गरेका छन्।पछिल्लो २४ घण्टामा टोकियोमा मात्रै ३ हजार ८ सय ६५ व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्