सर्पले एक महिनामा १२ सयभन्दा बढीलाई टोक्यो काठमाडौं।नेपालमा पछिल्लो एक महिनाको अवधिमा १ हजार २ सय जनालाई सर्पले टोकेको छ।नेपाली सेनाका अनुसार २०७८ असार १४ देखि साउन १३ गतेसम्मको अवधिमा ती घटना १७ जिल्लामा भएका हुन्। सर्लाही, महोत्तरी, सुनसरी, उदयपुर,धनुषा,सिरहा,सप्तरी, झापा, उदयपुर, पर्सा,धादिङ, दाङ,नवलपरासी, कपिलवस्तु, बाँके,बर्दिया र कञ्चनपुरमा भएका घटनामा ११ जनाभन्दा बढीको मृत्यु भएको छ।सेनाको सहयोगमा विभिन्न जिल्लामा सञ्चालित सर्पदंश उपचार केन्द्रमा उनीहरुको उपचार गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्