स्कुलबाट फर्कंदै गरेका बालकले दुर्घटनामा ज्यान गुमाए

सप्तरी। स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

काठमाडौंबाट झापातर्फ छुटेको बा३ख ७९७७ नम्बरको गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले बताए।

तीब्र गतिमा रहेको गाडीले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्