धादिङमा ट्रक दुर्घटना: मृतकको संख्या सात पुग्यो (अपडेट)
काठमाडौं। धादिङमा यात्रु बोकेको एउटा ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका छन्।

घाइतेमध्ये १५ जनालाई काठमाडौं रेफर गरिएको छ। ११ जनालाई नेपाली सेनाको हेलिकोप्ट र चार जनालाई एम्बुलेन्समार्फत् काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ।

आज दिउँसो ४ बजेतिर मिनिट्रक सडकमै पल्टिँदा चार जनाको घटनास्थलमै र तीन जनाको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यृ भएको एसपी रेग्मीले बताए। मृत्यु हुनेहरूमा निलकण्ठ–२ भुलभुलेका बिदुर गुरुङ, ध्वजबहादुर गुरुङ, तिलक गुरुङ, पुर्णमान श्रेष्ठ, प्रेम गुरुङ, बेलबहादुर गुरुङ र सेते गुरुङ रहेका छन् । दुर्घटनापछि भुलभुले शोकाकुल बनेको छ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग १ ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका–२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ।

तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हरेक साताको मंगलबार ढोलामण्डलीमा पाठी भाकल पूजा हुने गरेको स्थानीयको भनाइ छ । पूजा गर्न भन्दै प्रत्येक हप्ता सयौं दर्शनार्थी ढोलामण्डली जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्