काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्घले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ।

महासङ्घका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले आज गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो।

जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायीका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिएका महासङ्घका प्रवक्ता टङ्कप्रसाद चौलागाईंले जानकारी दिए।

मन्त्री थापाले अज्ञात समूहका आपराधिक गतिविधि धेरै नियन्त्रणमा आइसकेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने प्रतिबद्धता जनाए। जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको गृहमन्त्री थापाले बताए।

महासङ्घ प्रतिनिधिमण्डलले आजै प्रतिनिधिसभा विकास समितिका सभापति कल्याणी खड्कालाई निर्माण व्यवसायीका उपकरणमाथिको सुरक्षा चिन्ताबारे अवगत गराएको छ। जवाफमा सभापति कल्याणी कुमारी खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिइन्।

महासङ्घ प्रतिनिधिमण्डलमा मानार्थ सदस्य रहेका सांसद जिपछिरिङ लामा शेर्पा, पूर्वअध्यक्ष तथा सल्लाहकार रमेश शर्मा, कार्यसमिति सदस्य मङ्गल शाही, निर्माण व्यवसायीहरू कमल गौतम, सहदेव खड्का, कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायत रहेका थिए।

अज्ञात समूहले ५ माघमा मोरङको मिक्लाजुङ गाउँपालिकाअन्तर्गत आइतबारेमा तीन वटा एक्साभेटरमा आगजनी गर्दा तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको महासङ्घले जनाएको छ।

किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भीमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो।

झापाको सेतुमारीमा अज्ञात समूहले शर्मा एण्ड कम्पनीको स्वामित्वको एउटा एक्साभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको महासङ्घले जनाएको छ। केही समयअघि बेनी नगरपालिका बगुवखोला नजिक निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण घर्ती क्षेत्रीको स्वामित्वका तीन एक्साभेटरमा आगजनी गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–दिक्तेल सडकखण्ड निर्माण गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रालिको स्वामित्वको चार एक्साभेटरमा केही समयअघि आगजनी हुँदा करीब चार करोड बराबराको क्षति भएको महासङ्घले जनाएको छ। रासस

" /> काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्घले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ।

"> निर्माण उपकरण जलाउने समूह नियन्त्रण गर्छाैं- गृहमन्त्री थापा    : Dekhapadhi
निर्माण उपकरण जलाउने समूह नियन्त्रण गर्छाैं- गृहमन्त्री थापा

प्रतिक्रिया दिनुहोस्