काठमाडौ। चीनको एक अदालतले इन्टरपोलका पूर्वप्रमुख मेङ हङवेइलाई घुस लिएको अभियोगमा १३ वर्ष ६ महीना कैद सजाय सुनाएको छ। उनलाई करीब दुई करोड ४० लाख चिनियाँ युआन घुस लिएको अभियोग लगाइएको थियो।
मेङ सन् २०१६ मा अपराधसम्बन्धी प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को अध्यक्षमा चार वर्षका लागि निर्वाचित भएका थिए। तर, सन् २०१८ मा फ्रान्सबाट चीनको भ्रमण गर्ने क्रममा बेपत्ता भएपछि उनको कार्यकाल टुंगिएको थियो। पछि चिनियाँ प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको थियो। उनलाई पक्राउ गर्दा इन्टरपोललाई कुनै जानकारी दिइएको थिएन।
फ्रान्समा आफ्ना दुई सन्तानसहित रहेकी मेङकी पत्नीले चिनियाँ अधिकारीले झुटो बोलेको आरोप लगाएकी थिइन् र आफ्ना पति अझै 'जीवित त छन्?' भन्ने प्रश्न सोधेकी थिइन्।
मेङकी पत्नी ग्रेस मेङले अहिले इन्टरपोलविरुद्ध आफ्ना पतिको सुरक्षा गर्न नसकेको भन्दै मुद्दा दायर गरेकी छन्। मेङका वकीलले गत वर्ष नै नेदरल्याण्ड्सकाे हेगस्थित 'पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेसन’ मा उजुरी दर्ता गराइसकेका छन्।
आज चीनको उत्तरी शहर तियानजिनस्थित एक नम्बर ‘इन्टरमिडियटरी’ अदालतले मेङले आफूमाथिको अभियोग स्वीकार गरेको र त्यसमाथि कुनै पुनरावेदन नगर्ने बताएको जनाएको छ। उनलाई जेल सजायका अतिरिक्त करीब २० लाख चिनियाँ युआन जरिवाना हुने सजाय पनि सुनाइएको छ।
६६ वर्षीय मेङले विभिन्न समयमा आफ्नो पदको दुरूपयोग गरी करीब दुई करोड ४० लाख युआन घुस लिएको स्वीकार गरेको पनि अदालतले जनाएको छ।
इन्टरपोलमा कार्यरत रहँदा मेङ चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको उपाध्यक्षको भूमिकामा थिए। मेङलाई उनको पदबाट बर्खास्त गरिएको थियो र चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यबाट पनि हटाइएको थियो।
मेङलाई सुनाइएको सजाय तुलनात्मक रूपमा कम छ। अदालतले ‘आफ्नो अपराधमा पश्चाताप गर्दै’ सुनुवाइका क्रममा अदालतलाई सहयोग गरेका कारण तुलनात्मक रूपमा कम सजाय सुनाइएको जनाएको छ।
सार्वजनिक सुरक्षा मन्त्रालयको उपाध्यक्षको रूपमा लामो समय काम गर्दा मेङले कुनै समय जोउ योङकाङको मातहत पनि काम गरेका थिए।
पूर्वसुरक्षा प्रमुख जोउलाई भ्रष्टाचारकै अभियोगमा जन्मकैद सुनाइएको छ। राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी अभियानका कारण जेल सजाय भोगेका उनी चीनका शक्तिशालीमध्येका एक व्यक्ति हुन्।