एक वर्षमा करिब दुई हजार प्रहरीमाथि कारबाही काठमाडौं।नेपाल प्रहरीले एक वर्षमा करिब दुई हजार प्रहरी कर्मचारीलाई कारबाही गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९८२ जना प्रहरी कारबाहीमा परेका हुन्।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ हजार ९७४ जना प्रहरी कर्मचारीमाथि विभिन्न कारबाही गरिएको थियो। प्रहरी अनुशासन तोडेका कारण उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।गत आर्थिक वर्ष विभिन्न दर्जाका ४ हजार ४३० जना प्रहरीलाई पुरस्कृत गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्