काठमाडौं। कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालको क्यान–११ टीमले आज मलेसिया–११ लाई १७२ रनले पराजित गरेको छ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यान–११ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २९० रन बनाएको थियो। २९१ रनको लक्ष्य पछ्याएको मलेसिया–११ ले २८.४ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र जोड्न सक्यो।
यससँगै आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीका लागि पोखरामा रहेको नेपाली टोलीले तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ। क्यान–११ ले पहिलो खेल १३४ रनले जितेको थियो।
आज नेपालका ओपनर सुनिल धमला र सुवास खकुरेलले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे। सुनिलले २४ रन जोड्दा सुवासले ४८ रन बनाए। सुनिल आउट भएपछि सुवासले कप्तान ज्ञानेन्द्रसँग दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे।
ज्ञानेन्द्र ५४ रन बनाएर रिटायर्ड आउट भए। ५७ रन बनाएका रोहितकुमार पनि रिटायर्ड आउट भए। लोकेश बमले ३४, विनोद भण्डारीले २१ र पवन सर्राफले १२ रन बनाउँदा सुशन भण्डारी १६ रनमा अविजित रहे।
मलेसिया–११ का नाजरिल रहमान र अनवार रहमानले समान दुई विकेट लिए। मोहम्मद आरिफ र शर्भिन मुनिएन्दीको नाममा एक/एक विकेट रह्यो।
२९१ रनको लक्ष्य पछ्याएको मलेसिया–११ का कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेन। मलेसिया–११ का लागि सेएद अजिजले सबभन्दा धेरै २८ रन बनाए। ओपनर भुषणबिलास सेभले २४, विरन्दीप सिंहले २३, अहमेद फैजले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका ललितनारायण राजवंशी र किशोर महतोले समान तीन अंक लिए भने सुशन भारीले दुई विकेट लिए। कमलसिंह ऐरी र पवन सर्राफको नाममा एक एक विकेट रह्यो।
क्यान–११ र मलेसिया–११ बीचको अन्तिम खेल ९ माघमा पोखरा रंगशाललामा नै हुनेछ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा नेपाल, ओमन र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन्। शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ २२ गतेबाट हुनेछ।