तालिबान नियन्त्रित अफगानिस्तानमा बाढीमा परी १५० जनाभन्दा बढीको मृत्यु बीबीसी।अफगानिस्तानको तालिबान नियन्त्रित क्षेत्रमा भारी वर्षापछि आएको बाढीमा परी १५० जनाको मृत्यु भएको छ।अफगानिस्तानको नुरिस्तान प्रान्तमा बाढीले बुधबारराति ठूलो क्षति गरेको हो।नुरिस्तानका गभर्नर हाफिज अब्दुलले बाढीमा ६० जनाको मृत्यु र सयौं खेतीयोग्य जमिनमा क्षति पुगेको बताए पनि तालिबान समूहले भने १५० जनाको मृत्यु भएको जनाएको छ। तालिबान नियन्त्रित क्षेत्रमा बाढी आएका कारण उद्धारमा कठिनाई भएको अफगानिस्तान सरकारले बताएको छ।
प्रतिक्रिया दिनुहोस्