इराकको बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण काठमाडौं। इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण भएको छ। बगदादको सबैभन्दा सुरक्षित स्थान ‘ग्रिन जोन’ मा रहेको दूतावास नजिक आज बिहान रकेट आक्रमण भएको हो। रकेट आक्रमणबाट भएको क्षतिको विवरण बाहिर आइसकेको छैन। यसअघि जुलाई ८ को दिन पनि बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण गरिएको थियो। उक्त आक्रमणको पछाडि इरान समर्थित लडाकुहरूको हात रहेको अमेरिकाले बताएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्