काठमाडौं। धादिङमा यात्रु बोकेको एउटा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।
धादिङकै ज्वालामुखी गाउँपालिका–४ मा रहेको मन्डली दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको मिनीट्रक निलकण्ठ नगरपालिका–८ मैदीभञ्जाङमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले जानकारी दिए।
ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको स्थानमा स्थानीयवासी र प्रहरीले उद्दार कार्य जारी राखेका छन्।
घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।
प्रहरीका अनुसार गम्भीर घाइते धेरै भएकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिन्छ। मृतकको सनाखत हुन सकेको छैन।