काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर केलियन एमबाप्पेले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुल ‘मेसिन जस्तै’ भएको बताएका छन्। जारी सिजन अपराजित रहेको लिभरपुल १९९० पछि पहिलो पटक लिग उपाधि नजिक छ।
सरूवा बजारमा लिभरपुल र रियाल मड्रिडसँग जोडिएका एमबाप्पेले आफ्नो च्यारिटी (इन्सपायर बाई केलियन एमबाप्पे)को शुभारम्भ गर्ने क्रममा लिभरपुलले पछिल्लो समय गरेको प्रदर्शनको प्रशंसा गरे।
“लिभरपुलले अहिले जुन प्रदर्शन गरेको छ, त्यो अद्भुत छ”, उनले भने, “उनीहरू मेसिन जस्तै छन्। उनीहरू उत्कृष्ट लयमा छन् र खेल हेरिरहुँजस्तो लाग्छ। लिभरपुलले कुनै खेल हारेको छैन। हेर्दा सजिलो देखिन्छ तर, त्यो सहज छैन। खेलाडीहरूले धेरै मिहिनेत गरेका छन्। उनीहरूले प्रत्येक तीन दिनमा खेलिरहेका छन् र सबै जितिरहेका छन्।”
विश्वकप विजेता २१ वर्षे एपबाप्पे २०१७ मा पीएसजीसँग अनुबन्ध भएका हुन्। उनलाई भित्र्याउन पीएसजीले १६ करोड ५७ लाख पाउण्ड खर्चिएको थियो। उनी अहिले विश्वकै उत्कृष्ट युवा खेलाडीमा पर्छन्। लिभरपुलबारे उनले थपे, “अहिले सबैको नजर लिभरपुलमाथि छ। लिभरपुल राम्रो प्रशिक्षकको साथमा राम्रो टीम बनेको छ।”
२०१६÷१७ च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध मोनाकोबाट दुई गोल गरेपछि एमबाप्पेप्रति इङ्लिस क्लबको ध्यानाकृष्ट भएको थियो। त्यहि वर्ष उनी पीएसजीसँग अनुबन्ध भए। २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि जिताएका एमबाप्पेको प्रेरणामा पीएसजीले लगातार दुई पटक फ्रेन्च लिग वानको उपाधि जितिसकेको छ।
एमबाप्पे अहिले रियाल मड्रिड सरूवा हुने चर्चा छ। रियाल सरूवा हुनेबारे एमबाप्पेले भने, “सबैले त्यस्तै भनिरहेका छन्। जब म किशोर थिएँ, म पनि त्यस्तै कुरा गर्थेँ। तर, अहिले मलाई लाग्छ, यो सही समय होइन। अहिले जनवरी हो र यो पैसाको समय हो। अहिले म पीएसजीमा छु। यहीँ सतप्रतिशत दिन चाहन्छु। अझ धेरै उपाधि जित्न चाहन्छु। त्यसैले मेरो भविष्यबारे कुरा गर्ने यो राम्रो समय होइन।”
एमबाप्पेले थपे, “म यहाँ १८ वर्षको उमेरमा आएको हुँ। मसँग प्रतिभा थियो। तर, सुपरस्टार थिइनँ। अहिले म सुपरस्टार भएको छु। त्यसका लागि पीएसजी र राष्ट्रिय टीमप्रति आभारी छु। अहिले म पीएसजीमै केन्द्रित हुनुपर्छ। सिजन सकिएपछि हेरौं के हुन्छ।”
पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि जिताएका एमबाप्पेको काँधमा यो सिजन पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिताउने जिम्मेवारी छ। त्यस्तै, उनीमाथि फ्रान्सलाई युरो २०२० र ओलम्पिकको उपाधि जिताउने जिम्मेवारी पनि छ।
२०२० मा जित्न चाहेको उपाधिबारे एमबाप्पेले भने, “च्याम्पियन्स लिग, युरोपियन च्याम्पियनसिप र ओलम्पिक गेम्स। यत्ति जित्नु नराम्रो होइन।”