ह्युमन राइट्स वाचले लेख्यो प्रधानमन्त्री देउवालाई पत्र, भन्यो– नागरिक अधिकार सुनिश्चित गर्न लाग्नुहोस् काठमाडौं।अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै नागरिकको अधिकार सुनिश्चितातर्फ आफ्नो ध्यान केन्द्रित गर्न अनुरोध गरेको छ। पत्रमा एचआरडब्लुले कोभिड–१९, संक्रमणकालीन न्याय, विधिको शासन, संवैधानिक निकायहरुको स्वतन्त्रता, नागरिकता, बालअधिकार र शरणार्थीको अधिकार सम्बन्धमा चासो राखेको छ। पत्र एचआरडब्लुको दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले लेखेकी हुन्। पत्रमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा ध्यान दिन भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्