काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै काठमाडौं। काठमाडौंमा आजदेखि खोप लगाउन छुटेकालाई फेरि भेरोसेल खोप लगाइँदैछ। पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरले अनुरोध गरेको छ। खोप प्रत्येक वडामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्