नेपाली सेनाले बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने काठमाडौं।नेपाली सेनाले देशका चार स्थानमा बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने भएको छ।काठमाडौं,सुनसरी र कैलालीमा सैन्य अभ्यास गरिने सेनाले जनाएको छ।नेपाली सेनाका सकल दर्जाहरुको सवारी चलाउने क्षमता अभिवृद्धि गर्न रोड ड्राइभिङ अभ्यास गर्न लागिएको हो।स्थानीय प्रशासन र नेपाल प्रहरीसँगको समन्वयमा सैन्य अभ्यास गरिने नेपाली सेनाले बताएको छ।काठमाडौंमा भदौमा, सुनसरीमा साउनमा र कैलालीमा साउन र भदौ महिनामा उक्त अभ्यास गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्