डोटी। प्रहरी तथा स्थानीयवासीको सहयोगमा डोटीका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ। बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका छाउगोठ भत्काइएको हो।
सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौंमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए।
नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ। प्रहरीले गोठ भए, नभएको अवस्थाका बारेमा अनुगमनसमेत गरिरहेको छ। अनुगमनका क्रममा तीन गाउँपालिकामा मात्रै ११३ छाउपडी गोठ रहेको जनाइएको छ।
“तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ”, डीएसपी देउवाले भने। गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ।
अभियानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ।
जिल्लालाई आगामी फागुन महीनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए। रासस