कैलाली। सुदूरपश्चिम प्रदेश सभाको तेस्रो स्थापना दिवस मनाइएको छ। प्रदेश सभा स्थापनाको दुई वर्ष पूरा भइ तेस्रो वर्ष लागेको उपलक्ष्यमा धनगढीमा दिवस मनाइएको हो।
सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले उद्घाटन गरेको कार्यक्रममा सभामुख अर्जुनबहादुर थापा, आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, राजपाका संसदीय दलका नेता कृष्णबहादुर चौधरी र शिक्षाविद डा. हेमराज पन्तले सम्बोधन गरेका थिए।
दिवसको अवसरमा प्रदेश सभा स्थापनाकालदेखि कार्यरत कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ। ७ माघ २०७४ मा प्रदेश सभाको स्थापना भएको थियो।
दुई वर्षको दौरानमा हालसम्म ३२ वटा विधेयक प्रदेश सभाबाट पारित भइ प्रमाणीकरण भइसकेको सभामुख थापाले बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सभाको तेस्रो स्थापना दिवस मनाइएको छ। प्रदेश सभा स्थापनाको दुई वर्ष पूरा भइ तेस्रो वर्ष लागेको उपलक्ष्यमा धनगढीमा दिवस मनाइएको हो।सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले उद्घाटन गरेको कार्यक्रममा सभामुख अर्जुनबहादुर थापा, आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, राजपाका संसदीय दलका नेता कृष्णबहादुर चौधरी र शिक्षाविद डा. हेमराज पन्तले सम्बोधन गरेका थिए।

">