तालिबान प्रतिनिधिमण्डलले चीन पुगी विदेशमन्त्री वाङ यीसँग गर्यो वार्ता काठमाडौं। अफगानिस्ताननको तालिबान समूहले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ। चिनियाँ मिडिया साउथ चाइन मर्निङ पोष्टका अनुसार भेट चीनको उत्तरी सहर तियान्जीनमा भएको थियो। अफगानिस्तानको धेरैजसो भू–भागमा कब्जा जमाएपछि तालिबान वार्ताको लागि चीन गएको यो पहिलोपटक हो। तालिवानका संस्थापकमध्ये एक मुल्लाह अब्दुल घनी बरादरले चिनियाँ विदेशमन्त्रीसँग वार्ता गरेका हुन्। वार्तामा के–के कुरा भयो भन्ने केही खुलाइएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्