काठमाडौं। दीपिका पादुकोण अभिनित बलिउड चलचित्र छपाक भारतीय राजनीतिको चपेटामा परेको छ। एसिडपीडित महिलाको कथामा आधारित छपाक प्रदर्शनमा आउनुअघि दीपिका दिल्ली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको आन्दोलनमा सरिक भएकी थिइन्।
आन्दोरनरत छात्राको तर्फबाट बोलेपछि उनीमाथि सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले ‘कंग्रेस भएको’ आरोप लगाएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार त्यसको असर छपाकमा परेको हो।
छपाकले प्रदर्शनमा आएको १० दिनमा ३२.४८ करोड भारूको व्यापार गर्दा सँगै रिलिज भएको तान्हाजीले १६० करोडको व्यापार गरेको छ। अजय देवगणको तान्हाजीले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ।
व्यापारका हिसाबले छपाक दीपिकाको करीअरमा सबैभन्दा फ्लप फिल्म बनेको छ। सन् २०१५ मा रिलिज भएको बाजीराव मस्तानी र सन् २०१८ मा रिलिज भएको पद्मावत सुपरहिट भएको थियो। दीपिकाले अहिलेसम्म २३ वटा फिल्ममा अभिनय गरेकी छन्, जसमध्ये छपाकसहित १० वटा फिल्म फ्लप भएका छन्।
दीपिकालाई ‘क्रिस्टल अवार्ड’
यसैबीच अभिनेत्री दीपिका पादुकोण ‘क्रिस्टल अवार्ड’बाट सम्मानित भएकी छन्।
स्विट्जरल्याण्डको डाभोसमा आयोजना भएको एक समारोहमा दीपिकाले मानसिक स्वास्थ्यको बारेमा जागरुकता फैलाँउदै सामाजिक कार्यमा नेतृत्व लिएको भन्दै उनलाई ‘क्रिस्टल अवार्ड’बाट सम्मानित गरिएको हो।
२०१५ देखि ‘द लिभ लभ लाफ’ फाउन्डेसनमा सक्रिय रहेकी दीपिकाले फाउन्डेसनमार्फत् समाजमा मानसिक स्वास्थ्यको बारेमा जागरुकता फैलाइरहेकी छिन्।
" /> काठमाडौं। दीपिका पादुकोण अभिनित बलिउड चलचित्र छपाक भारतीय राजनीतिको चपेटामा परेको छ। एसिडपीडित महिलाको कथामा आधारित छपाक प्रदर्शनमा आउनुअघि दीपिका दिल्ली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको आन्दोलनमा सरिक भएकी थिइन्।आन्दोरनरत छात्राको तर्फबाट बोलेपछि उनीमाथि सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले ‘कंग्रेस भएको’ आरोप लगाएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार त्यसको असर छपाकमा परेको हो।

">