अर्थतन्त्र सुधारात्मक अवस्थामा छ: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्र ओरालो लाग्यो भनेर तर्सिनु नपर्ने बताएका छन्।

कृषि विकास बैंकको ५३औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र सुधारात्मक अवस्थामा रहेको बताएका हुन्।

उनले भने, “अर्थतन्त्रको काम नै उकाली र ओराली गर्ने हो। थोरै उकालो लाग्दा स्वाँ स्वाँ गर्ने र ओरालो झर्दा आत्ति हाल्ने अवस्था छैन।”

विगतमा द्ई प्रतिशत आर्थिक वृद्धि हुँदै आएकोमा अहिले त्यो छ प्रतिशतभन्दा तल कुरै हुन छाडेको उनको तर्क छ।

अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको सरकारी तथ्यांकको विश्वास नलागे अन्तर्राष्ट्रिय तथ्यांक हेर्न अर्थमन्त्रीले सुझाव दिए।

केही दिनअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नै नेपालको यस वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो।

कुनै समय नेपालको व्यापार घाटा बढेको बढ्यै भन्ने समाचार आउने गरेकोमा अहिले निर्यात बढेको र आयात घटेको समाचारहरु प्रकाशन हुन लागेकोमा अर्थमन्त्रीले खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्