काठमाडौं। मकवानपुरको थाहा नगरपालिका–४ स्थित पानोरमा रिसोर्टमा बेहोश अवस्थामा काठमाडौं ल्याइएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ। उनीहरूलाई हेलिकप्टरमार्फत् उद्दार गरेर काठमाडौं ल्याउने क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएका उनीहरूको मृत्यु भएको पुष्टि गरे। उनीहरूलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।
उनका अनुसार मृत्यु भएकामा ४ पुरुष र ४ महिला रहेका छन्। ती मध्ये २ बालक र २ बालिका हुन्।
“उपचारका लागि हस्पिटल पुर्याउँदै गर्दा मृत भइसकेको देखियो” उनले भने,“ शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।”
१५ जनाको समूहमा आएका उनीहरूले दुईवटा कोठा लिएर बसेका थिए। एउटा कोठामा ८ जना र अर्कोमा ७ जना बसेका थिए। ८ जना बसेको कोठामा उनीहरूले हिटर बालेर बसेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू कोठाको झ्यालढोका बन्द गरेर हिटर चलाएर सुतेका थिए।
मृतकको नाम
(१) भारत केरला बस्ने बर्ष अन्दाजी ३८ को रन्जित कप
(२) ऐ.ऐ.बस्ने बर्ष अन्दाजी ३४ की ईन्द्र
(३) ऐ.ऐ.बस्ने बर्ष अन्दाजी ३७ को प्रबिण
(४) ऐ.ऐ.बस्ने बर्ष अन्दाजी ३२ की सरिया
(५) ऐ.ऐ.बस्ने बर्ष अन्दाजी ५ को अभी
(६) ऐ.ऐ.बस्ने बर्ष अन्दाजी ७ की अर्चना
(७) ऐ.ऐ.बस्ने बर्ष अन्दाजी ५ को बैशनव
(८) ऐ.ऐ.बस्ने बर्ष अन्दाजी ९ की बन्द्रा