यसै वर्षको अन्तसम्म इराकबाट सबै अमेरिकी सेना फिर्ता गरिने बाइडेनको घोषणा बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्तसम्म इराकमा रहेका सम्पूर्ण अमेरिकी सेना फिर्ता हुन घोषणा गरेका छन्। सेना फिर्ता गरे पनि इरानी सेनालाई तालिम र सल्लाह दिने काम नरोकिने उनले बताए। हाल इराकमा दुई हजार पाँच सय अमेरिकी सेना रहेका छन्। अमेरिका भ्रमणमा रहेका इराकी प्रधानमन्त्री मुस्तफा अल–अधिमीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि बाइडेनले सो घोषणा गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्