इजरायलले मागेको हजार श्रमिकका लागि आवेदन आव्हान काठमाडौं। इजरायलको मागबमोजिम नेपालबाट लगिने एक हजार श्रमिकका लागि आवेदन आव्हान गरिएको छ। वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर हजार जनाकै लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने विभागले जनाएको छ। इजरायलमा केयरगिभरका लागि एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ। विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्