पर्सामा फरार अभियुक्त ८ वर्षपछि पक्राउ

वीरगंज। पर्सा अदालतले कैद तथा जरिवाना सजायको फैसला गरेका गाँजा/चरेश मुद्दाका एक अभियुक्त आठ वर्षपछि पक्राउ परेका छन्।

पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ का ३६ वर्षीय प्रभु सहनीलाई ६ माघमा घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

गाँजा र चरेश मुद्दाका फरार सहनीलाई २८ मंसीर २०६८ मा पर्सा जिल्ला अदालतले सात महीना १७ दिन कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्