माओवादीले दियो बाढी प्रभावित तीन स्थानीय तहलाई करिब ६७ लाख रुपैयाँ काठमाडौं। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले सिन्धुपाल्चोकका तीन स्थानीय तहलाई ६६ लाख ८९ हजार ९९७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। हेलम्बु र मेलम्ची प्रत्येकलाई २३ लाख २९ हजार ९९९ रुपैयाँ र पाँचपोखरी थाङपाललाई २० लाख २९ हजार ९९९ रुपैयाँ दिएको हो। प्रदेशभित्र पार्टीले नेतृत्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्