काठमाडौं। सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि सात लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।
अब बिदा वा करार अवधिमा नेपालमा रहदा जसरी मृत्यु भए पनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायतास्वरुप सात लाख पाउने छन्।
वैदेशिक रोजगार बोर्डको ५ माघमा सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको आजको कारोबार दैनिकमा समाचार छ।
यो निर्णयसँगै वैदेशिक रोजगारीबाट श्रम स्वीकृति अवधिमा नै नेपाल आइ विभिन्न कारणले मृत्यु भएका ३१५ नेपालीका नजिकका हकवालाले आर्थिक सहायतास्वरुप जनही सात लाख रूपैयाँ पाउने भएका छन्।
२०७४ सालअघि मृत्यु भएका श्रमिकको हकमा भने तीन लाख रूपैयाँ पाउने छन्।
एक वर्षअघि बैर्ड बैठकले भने वैदेशिक रोजगारीको क्रममा बिरामी भइ स्वदेश आएका र बिदामा आइ बिरामी भई उपचारका क्रममा मृत्यु भएका ११४ श्रमिकका हकमा मात्र आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो।
तर, पछिल्लो बोर्डको बैठकले नेपाल आई मृत्यु भएका बाँकी २०१ श्रमिकका आफन्तलाई समेत आर्थिक सहायता दिने निर्णय गरेको छ।
" /> काठमाडौं। सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि सात लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।अब बिदा वा करार अवधिमा नेपालमा रहदा जसरी मृत्यु भए पनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायतास्वरुप सात लाख पाउने छन्।

">