काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरूमाथि भ्रष्टाचारको आरोपका अतिरिक्त ठगी र किर्तेको अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको ११४ रोपनी जग्गा हिनामिनाको घटना अनुसन्धान गरेको सीआईबीले उच्च पदस्थ सरकारी अधिकारी र मालपोतका कर्मचारीदेखि भूमाफियासम्मको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको निष्कर्ष निकालेको छ।
ब्यूरोका पूमुख डीआईजी निरज शाहीले सरकारवादी मुद्दा आकर्षित हुने कसुर देखिएको बताए।
“मूलतः ठगी, किर्ते र भ्रष्टाचार भएको देखियो”, उनले भने, “भ्रष्टाचारका विषयमा अख्तियारले अनुसन्धान गरिरहेकै छ। त्यसबाट ठगी र किर्तेमा पनि मुद्दा चलाउनुपर्छ भन्ने हाम्रो राय हो।”
उनले प्रतिवेदन गोप्य हुने भन्दै अरु विवरण खुलाउन नचाहेको आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ।
६ माघ अबेर अन्तिम रूप दिइएको प्रतिवेदनमा जग्गा हडप्न संलग्न सरकारी कर्मचारी, भूमाफिया, ललिता निवासका तत्कालीन भोगाधिकारी, नक्कली मोही तथा सरकारी कागजात नष्ट गर्न संलग्न व्यक्तिलाई मुलुकी ऐन, २०२० तथा मुलुकी अपराध संहिता, २०७४ अनुसार ठगी र किर्तेसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ।
जग्गा हिनामिनामा संलग्न कर्मचारीमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा समेत कारबाही गर्न प्रतिवेदनमा भनिएको छ।
" /> काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरूमाथि भ्रष्टाचारको आरोपका अतिरिक्त ठगी र किर्तेको अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको ११४ रोपनी जग्गा हिनामिनाको घटना अनुसन्धान गरेको सीआईबीले उच्च पदस्थ सरकारी अधिकारी र मालपोतका कर्मचारीदेखि भूमाफियासम्मको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको निष्कर्ष निकालेको छ।

">