काठमाडौं उपत्यकामा थप निषेधाज्ञाः होटेल तथा रेस्टुरेन्टमा कडाइ गरिने काठमाडौं।काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः थप हुने भएको छ।कोरोना संक्रमणको दर नघटेकाले निषेधाज्ञा थप्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुने निरौलाले बताए।स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने तर,अन्य प्रयोजनमा नियन्त्रण गर्ने मोडालिटी हुनसक्ने उनको भनाई छ।पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्