काठमाडौं। केही समय अगाडि कलाकार दीपकराज गिरी मापसे चेकिङमा परे। मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाइने नियम तोडेर गल्ती गरेका दीपकलाई उनको गलत कामका लागि प्रचलित कानूनले तोकेको सजाय त हुनै पर्नेथियो। तर, दीपकका अनुसार उनलाई त्यो ‘सजाय’ले भन्दा बढी प्रहरीको दुर्व्यवहारले पोल्यो। त्यसक्रममा ‘आफूले मानसिक रूपमा यातना पाएको’ दीपकको दाबी छ।
बसुन्धारा बस्दै आएका हिमाल खतिवडाको पनि त्यस्तै अनुभव छ। ‘एउटा तस्वीर पहिचान गर्नुपर्यो’ भन्दै बोलाएको प्रहरीले थाना पुगिसकेपछि भने चोरीको आरोप लगायो। प्रहरी जवानदेखि हवल्दारसम्मले उनलाई चोरको आरोप लगाउँदै दुर्व्यवहार गरे। आरोप अस्वीकार गर्दा उनलाई प्रहरीले ‘ए चोर’ भन्दै बोलाउँथे। पछि उनले अभियोगबाट सफाइ पाए। प्रहरीको दुर्व्यवहारका यी दुई उदाहरण मात्रै हुन्।
२ माघमा भारतको सिक्किम पुग्न त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उड्दै गरेकी गायिका आस्था राउतलाई प्रहरीविरुद्ध अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएपछि प्रहरीको व्यवहारसम्बन्धी विषयमाथि फेरि चर्चा शुरू भएको छ।
आवेशमा आएका बेला सिंगो संगठनविरुद्ध आक्रोश पोखेकोमा आस्थाले सार्वजनिक रूपमै माफी मागिसकेकी छिन्। तर, पनि उनलाई पक्राउ गरेर ‘देखाइदिने’ प्रहरी तयारी अचम्मलाग्दो छ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरी कर्मचारीसँग भनाभन भएपछि आस्थाले जाँचमा संलग्न महिला प्रहरी र सिंगो संगठनमाथि गाली गरेको भिडिओ आफैं सार्वजनिक गरिन्। आफूलाई जाँचका क्रममा ‘तँ’ भनेको उनको मुख्य आरोप थियो। यससम्बन्धी विवाद बढ्दै जाँदा विमानस्थलकी ती महिला प्रहरीले दिएको निवेदनका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले आस्थालाई पक्राउ गर्नका लागि पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दियो।
आफ्नो सांगीतिक कार्यक्रमका लागि भारतको सिक्किममा रहेकी आस्थालाई नेपाल आउनेबिक्तिकै पक्राउ गरेर ‘अभद्र व्यवहार’मा मुद्दा चलाउने प्रहरीको तयारी छ। आवेशमा आएका बेला सिंगो संगठनविरुद्ध आक्रोश पोखेकोमा आस्थाले सार्वजनिक रूपमै माफी मागिसकेकी छिन्। तर, पनि उनलाई पक्राउ गरेर ‘देखाइदिने’ प्रहरी तयारी अचम्मलाग्दो छ।
यससम्बन्धी मानवशास्त्री संजीव पोखरेलले ट्वीटरमा गरेको टिप्पणी सान्दर्भिक छ।
‘आस्था राउतले प्रहरीलाई गाली गरिन्। यस्तो गाली कानून कार्यान्वयन गर्ने निकायलाई मानिसहरूले गर्छन्। यत्तिकैमा सरकारले सहिष्णु भएर थुनिहाल्न मिल्छ र? सरकार यति आक्रामक हुन सुहाउँछ?,’ उनले लेखेका छन्, ‘एअरपोर्टमा आस्थाले गरेको व्यवहार गलत मान्ने मानिसहरू धेरै छन्। प्रहरीमाथि दुर्व्यवहार गर्नु गलत हो। यसका लागि उनले प्रायश्चित पनि गरिसकेकी छन्। पार्टीका कार्यकर्ताले प्रहरीको कठालो समातेर ज्यादती गर्दा केही नहुने, सर्वसाधारण मानिसले आक्रोश पोख्दा अपराध नै हुने हो?’
“समाजमा रूपान्तरण जुन गतिमा हुन्छ। संगठनमा पनि त्यो रिफ्लेक्ट हुन्छ। तर, संगठनले यसलाई सुधार्न पहल चाहिँ गर्नुपर्छ। त्यो पहल नेपाल प्रहरीले गरेको छ।”
यता वरिष्ठ गीतकार कृष्णहरी बराल यो घटनामा कलाकार र प्रहरी दुबैको गल्ती देख्छन्। देखाउँछन्। “कोही पनि कलाकारले कोही प्रहरी जवान र सिंगो संगठनको अपमान हुनेगरी गाली गलौज गर्न हुँदैन”, उनले देखापढीसँग भने, “तर, अब यत्तिमै उनलाई पक्राउ गर्न प्रहरी किन हतारिएको होला? ऐन, कानून हातमा छ भन्दैमा जे पायो त्यही गर्ने अधिकार प्रहरीलाई पनि हुँदैन।”
नेपाल प्रहरीका प्रवक्ता डिआईजी शैलेस थापा क्षत्री ‘प्रहरी संगठनभित्र पनि आचरण सुधार गर्न अझै बाँकी रहेको’ बताउँछन्। “प्रहरीले आफ्नो ध्यान दिनुपर्छ। हाम्रो तर्फबाट कुनै गल्ती भएमा त्यसलाई सुधार गर्नेदेखि लिएर विभागीय कारबाही गर्नेसम्म सबै गर्न तयार छौं,” उनले भने, “तर, प्रहरी पनि यही समाजको उपज हो।”
कलाकार दीपकराज गिरी कलाकारले पनि ‘मै हुँ’ भन्ने भावना छोड्नुपर्ने बताउँछन्। प्रहरी संगठनभित्र अझैं हुकुमी शैली यथावत रहेको उनको दाबी छ। तर, प्रवक्ता थापा भने उनको दाबी अस्वीकार गर्छन् ।
विगतको तुलनामा प्रहरीको नागरिकमैत्री बनेको भन्दै उनले भने, “समाजमा रूपान्तरण जुन गतिमा हुन्छ। संगठनमा पनि त्यो रिफ्लेक्ट हुन्छ। तर, संगठनले यसलाई सुधार्न पहल चाहिँ गर्नुपर्छ। त्यो पहल नेपाल प्रहरीले गरेको छ।”
" /> काठमाडौं। केही समय अगाडि कलाकार दीपकराज गिरी मापसे चेकिङमा परे। मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाइने नियम तोडेर गल्ती गरेका दीपकलाई उनको गलत कामका लागि प्रचलित कानूनले तोकेको सजाय त हुनै पर्नेथियो। तर, दीपकका अनुसार उनलाई त्यो ‘सजाय’ले भन्दा बढी प्रहरीको दुर्व्यवहारले पोल्यो। त्यसक्रममा ‘आफूले मानसिक रूपमा यातना पाएको’ दीपकको दाबी छ।बसुन्धारा बस्दै आएका हिमाल खतिवडाको पनि त्यस्तै अनुभव छ। ‘एउटा तस्वीर पहिचान गर्नुपर्यो’ भन्दै बोलाएको प्रहरीले थाना पुगिसकेपछि भने चोरीको आरोप लगायो। प्रहरी जवानदेखि हवल्दारसम्मले उनलाई चोरको आरोप लगाउँदै दुर्व्यवहार गरे। आरोप अस्वीकार गर्दा उनलाई प्रहरीले ‘ए चोर’ भन्दै बोलाउँथे। पछि उनले अभियोगबाट सफाइ पाए। प्रहरीको दुर्व्यवहारका यी दुई उदाहरण मात्रै हुन्।

">