काठमाडौं। टाइम्स क्लब ‘ए’ ले धनगढी लिगको उपाधि जितेसँगै थ्री बाई थ्री बास्केटबल वेष्टको सिटी लेगहरू समाप्त भएका छन्।
सुदूरपश्चिमाञ्चल एकेडेमीको बास्केटबल कोर्टमा आज सम्पन्न फाइनलमा राष्ट्रिय खेलाडी मबिन्द्र क्षेत्री सम्मिलित टाइम्स ‘ए’ले सुदूरपश्चिम फाउण्डेसनलाई २०-१४ को स्कोरमा हराउँदै उपाधि जितेको हो।
फाइनल खलेका दुबै टोली थ्री बाई थ्री वेष्टको फाइनल चरणमा स्थान बाउन सफल भए। थ्री बाई थ्री वेष्टअन्तर्गत बुटबल, पोखरा र धनगढी गरी तीन शहरमा लिग सञ्चालन भएका थिए।
पोखरा लेगबाट कास्की बास्केटबल संघ र रामघाट फाइनलका लागि छानिएका थिए भने बुटवलबाट टाइम्स क्लब ‘बी’ र न्य होराइजन क्लब छनोट भएका थिए। कास्की बास्केटबल संघले पोखरा तथा टाइम्स ‘बी’ ले बुटवल लेगको उपाधि जितेको थियो।
६ टोलीले अब पोखरामा फाइनल चरणको लिग खेल्नेछ। थ्री बाई थ्री बास्केटबल वेष्टको फाइनल चरणको लिग यसअघि धनगढीमै हुने भनिए पनि प्राविधिक कारण पोखरामा सारिएको आयोजक नेपाल बास्केटबल प्राइभेट लिमिटेडले जनाएको छ।
फाइनल लिग १० र ११ माघमा पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुनेछ।
फाइनलका बिजेताले ५० हजार तथा उपबिजेता २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
पोखरा लिगमा १२, बुटवल लिगमा १० र धनगढी लिगमा पनि १० टीमको सहभागिता रहेको थियो।