पछिल्लो २४ घण्टामा महाराष्ट्रमा बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ९९ जना वेपत्ता एजेन्सी।भारतको महाराष्ट्रमा भारी वर्षापछि आएको बाढीपहिरोमा परी पछिल्लो २४ घण्टामा ११२ जनाको मृत्यु भएको छ।राज्य विपद् नियन्त्रण कक्षका अनुसार रायगढ, रत्नागिरी, सांगली, सतारा,कोलहापुर, सिन्धुदुर्ग र पुणेंमा उनीहरुको मृत्यु भएको हो।बाढीपहिरोमा परी ९९ जना वेपत्ता भएका छन्।बाढीपहिरोका कारण १ लाख ३५हजार ३१३ जनालाई सुरक्षित स्थानमा सारिएको स्थानीय प्रहरीले जनाएको छ। बाढीपहिरोमा परी ३ हजार २४ चौपायाको समेत मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्