कोरोनाका कारण रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु काठमाडौं।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न तहका परीक्षा आजदेखि सुरु भएको छ।कोरोना महामारीका कारण रोकिएको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो।पहिलोपटक त्रिविलेले अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो। परीक्षा नियन्त्रण कार्यालयले शनिवार एक सूचना प्रकाशित गर्दै नयाँ प्रविधिबाट परीक्षाका सञ्चालनमा केही प्राविधिक कठिनाइ आएको भन्दै फोटो नभएको प्रवेशपत्र भएकाहरुलाई परिचय खुल्ने कागजातका आधारमा परीक्षामा सहभागी गराउन आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्