अफगानिस्तानमा तालिबानद्वारा ३३ सर्वसाधरणको हत्या एजेन्सी।अफगानिस्तानमा इस्लामिक समूह तालिबानको पकड बढ्दै जाँदा सर्वसाधरण थप असुरक्षित बन्दै गएका छन्।केही दिनअघि मात्र १०० जना सर्वसाधरणको हत्या गरेका तालिबानले फेरि ३३ जनाको हत्या गरेको स्थानीय मिडियाले जनाएका छन्।कन्धार प्रान्तको दक्षिणी भागमा ती सर्वसाधरणको हत्या गरिएको हो।अफगानिस्तान स्वतन्त्र मानवअधिकार आयोगका प्रवक्ता जबिहुल्लाह परहाङ्गेले धार्मिक विद्धान, आदिबासी नेता, नागरिक समाजका कार्यकर्ता,पत्रकार र मानवअधिकार रक्षकहरुलाई तालिबानले ‘टार्गेट’ गरेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्