काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको दिन मेलबर्न स्टार्स आज अस्ट्रेलियन बिग बास लिगमा २१ रनले पराजित भएको छ। मेलबर्नले सिड्नी सिक्सर्सलाई २१ रनको नतिजा सुम्पिएको हो।
वर्षाले प्रभावित भएको खेलमा सिड्नी सिक्सर्सले निर्धारित १४ ओभरमा चार विकेट गुमाएर १४३ रन बनाएको थियो। सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको सिड्नी सिक्सर्सले ३.१ ओभर खेलेपछि पानी परेपछि खेल अवरुद्ध भएको थियो। झण्डै पचास मिनेट खेल रोकिएपछि खेल १४ ओभरमा छोट्याइएको हो।
१४४ रनको लक्ष्य पछ्याएको मेलबर्नले पाँच विकेट गुमाएर १२५ रन मात्र जोड्न सक्यो। हारका बाबजुद मेलबर्न लिगको शीर्ष स्थानमा कायमै छ। मेलबर्नले १२ खेलबाट २० अंक जोडेको छ। सिड्नी सिक्सर्स १२ खेलबाट १५ अंक जोड्दै दोस्रो स्थानमा छ।
पाँच ओभर सकिंदा सिड्नी २६–२ को स्थितिमा थियो। त्यसपछि जेम्स भिन्स र मोइसेस हेनरिक्सले तेस्रो विकेटका लागि ११४ रनको साझेदारी गरेपछि सिड्नी सम्मानजनक स्कोर बनाउन सफल भएको थियो। भिन्स ४१ रनमा अविजित रहँदा हेनरिक्सले ३१ बलमा ७२ रन जोडे। हेनरिक्सले दुई चौका र आठ छक्का प्रहार गरेका थिए।
प्रतियोगितामा सन्दीपको १४ विकेट भएको छ। सन्दीपले ११ खेलमा १४ विकेट लिएका हुन्।
मेलबर्नका सन्दीप लामिछानेले तीन ओभरमा ३८ रन दिएर दुई विकेट लिए भने ड्यानियल वोरलले एक विकेट लिए।
यससँगै प्रतियोगितामा सन्दीपको १४ विकेट भएको छ। सन्दीपले ११ खेलमा १४ विकेट लिएका हुन्। उनी प्रतियोगितामा धेरै विकेट लिने खेलाडीको सूचीको पाँचौं स्थानमा छन्। सिड्नी थन्डरका ड्नियल साम्स शीर्ष स्थानमा छन्। उनले १२ खेलमा २० विकेट लिएका छन्।
ओपनर मार्कुस स्टोइनिसले ६२ रन जोडे पनि क्लबलाई जिताउन सकेनन्। लिगमा एक शतक र पाँच अर्धशतक बनाएका स्टोइनिस धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। उनले १२ खेलमा ५८५ रन बनाइसकेका छन्।
स्टोइनिसबाहेक हिल्टन कार्टराइटले २१, निक म्याडिन्सनले १६, कप्तान ग्लेन म्याक्सवेलले १२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सिड्नी सिक्सर्सका टम कुरान र बेन ड्वारशुइसले समान दुई विकेट लिए भने नाथन लियोनले एक विकेट लिए।
" /> काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको दिन मेलबर्न स्टार्स आज अस्ट्रेलियन बिग बास लिगमा २१ रनले पराजित भएको छ। मेलबर्नले सिड्नी सिक्सर्सलाई २१ रनको नतिजा सुम्पिएको हो।वर्षाले प्रभावित भएको खेलमा सिड्नी सिक्सर्सले निर्धारित १४ ओभरमा चार विकेट गुमाएर १४३ रन बनाएको थियो। सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको सिड्नी सिक्सर्सले ३.१ ओभर खेलेपछि पानी परेपछि खेल अवरुद्ध भएको थियो। झण्डै पचास मिनेट खेल रोकिएपछि खेल १४ ओभरमा छोट्याइएको हो।

">