कैलाली। कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका-२ गणेशपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइल चालक वडा नम्बर ६ का ३१ वर्षीय रतन बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पूर्वबाट पश्चिमतर्फ छुटेको ना २ ख ४५८ नम्बरको ट्रकले प्रदेश–२–०३००४ प ९६११ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाकलमा सवार बिकको मृत्यु भएको हो।
दुर्घटनामा घाइते बिकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्रकचालक धनगढी उत्तरवेहडीका चेतसिंह साउदलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको छ।
यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्।
" /> कैलाली। कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।लम्कीचुहा नगरपालिका-२ गणेशपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइल चालक वडा नम्बर ६ का ३१ वर्षीय रतन बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

">