एनभीए कपः पुलिसकाे महिला टाेली सेमिफाइनलमा
काठमाडाैं। नेपाल पुलिस क्लबको महिला टीम एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।
आज ढोरपाटन स्पोटर्स् क्लबलाई ३–० को सेटमा हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेकाे हाे। पुलिस क्लबले समूह ‘सी’ बाट अन्तिम चारमा स्थान बनाएको हो।
पुलिस पहिलो खेलमा न्यू डायमण्डसँग ३–२ को सेटमा पराजित भएको थियो। प्रतियोगिताको महिलातर्फ दुई समूह छन्। प्रत्येक समूहबाट दुई टोलीले अन्तिम चारमा स्थान बनाउँछन्।
समूह ‘बी’ तीन टोली मात्र छ। भाेलि, ७ माघमा हुने ढोरपाटन र न्यू डायमण्डबीचको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ।
पुलिस क्लबले ढोरपाटनलाई २५–५, २५–१५, २५–८ को सेटमा हराएको हो।
महिलातर्फ नै दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्ले जावलाखेल भलिबल तालिम केन्द्रलाई ३–० को सोझो सेटमा हरायो। प्रतिष्ठाको लडाइँ मात्र बनेको खेलमा भरतपुर मेट्रोले जावलाखेल भलिबललाई २५–८, २५–९, २५–१५ को सेटमा पराजित गरेको हो।
पुरुषतर्फ भने त्रिभुवन आर्मी क्लब समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा सम्पन्न खेलमा त्रिभुवन आर्मीले नयाँबजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा हराउँदै समूह विजेता बनेको हो।
त्रिभुवन आर्मीले पहिलो खेलमा आरजी भलिबल ग्रपलाई ३–० को सोझो सेटमा हराएको थियो। आज पराजित भए पनि नयाँ बजारले समूह ‘ए’ को उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
प्रतियोगितामा पुरुषतर्फ चार समूह छन्। प्रत्येक समूहबाट शीर्ष दुई टीमले अन्तिम आठमा स्थान बनाउनेछन्।
समूह ‘ए’ तीन टोली छ। नयाँ बजारले पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। आरजी भलिबल ग्रुप भने समूह चरणबाटै बाहिरिएको छ।
प्रतिक्रिया दिनुहोस्