डेढकिलो चरेससहित बाजुरामा दुईजना पक्राउ
<p>बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुराले डेढकिलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बडीमालिका नगरपालिका-३, रजालीका श्याम खड्का र गौमूल गाउँपालिका-१ का देवबहादुर रोकाया रहेकाे प्रहरीले जनाएकाे छ।</p>
<p>उनीहरू दुवैजनालाई ५ माघ साँझ बडिमालिका नगरपालिका-९, गैरीबजारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए।</p>
<p>चरेससहित पक्राउ परेका दुवैजनालाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरिएकाे राेकायाकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
