चीनद्वारा अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध बीबीसी। हङकङस्थित चिनियाँ अधिकारीहरुलाई प्रतिबन्ध लगाइएको जवाफ स्वरुप चीनले कयौं अमेरिकी नागरिक तथा संस्थाहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उक्त सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि छन्। अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कने केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो। हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्