नदीमा बग्दै गरेका व्यक्तिको उद्धारपछि मृत्यु
कैलाली। कर्णाली नदीमा आज बग्दै गरेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।

मृतकको सनाखत हुन सकेको छैन।

मोहन्याल गाउँपालिकाको टुकी बजार नजिक नदीमा बग्दै गरेका उनको उद्धार गरेर प्रहरीले उपचारका लागि लालरत्न अस्पातलमा पठाएको थियो।

उपचारको क्रममा उनको मृत्यु इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ।

मृतक व्यक्तिको नाम, थर, वतन खुल्न नसके पनि साथमा भेटिएको पर्चामा रामप्रसाद उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले  जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्