चीनले लगायो अमेरिकी वाणिज्यमन्त्रीमाथि प्रतिबन्ध, अमेरिकाले भन्यो– ‘निरर्थक’ कदम
बीबीसी। चीनले अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसलगायत केही अमेरिक नागरिक माथि प्रतिबन्ध लगाएको छ। केही दिनअिघ अमेरिकाले हङकङस्थित केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि जवाफमा चीनले आज अमेरिकीमन्त्री लगायतलाई प्रतिबन्ध लगाएको हो। चीनले यो घोषणा त्यो दिन गर्यो जुन दिन अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मन चीन भ्रमणको लाग जाँदै छिन्। बाइडेन प्रशासनले चीनको यो कदमलाई ‘निरर्थक’ र ‘निराशावादी’ कदम बताएको छ।
प्रतिक्रिया दिनुहोस्
