प्रदेश-१ लोक सेवाको अध्यक्षका लागि भट्टराई सिफारिस
विराटनगर। प्रदेश लोकसेवा आयोगको अध्यक्षका लागि उत्तमकुमार भट्टराई सिफारिस भएका छन्।

सदस्यका लागि टीकादक्त राई र सजना दाहाललाई सिफारिस गरिएको छ।

प्रदेश–१ को लोकसेवा आयोग गठन सम्बन्धी ऐनअनुसार सिफारिस समितिले आज तीन जनालाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।

भट्टराई नेपाल सरकारको कृषि सचिवबाट सेवानिवृत्त हुन्। सदस्यका लागि सिफारिसमा परेका राई प्रदेश–१ मुख्यमन्त्री कार्यालयका सचिव हुन्।

आयोगमा नियुक्ति पाउने भएसँगै उनले राजीनामा दिएका छन्।

प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान छ।

नियुक्तिका लागि सिफारिस भएमध्ये दाहाल कांग्रेसको कोटाबाट परेकी हुन्। उनी साहित्य क्षेत्रमा सीमा आभाषका नामले चिनिन्छिन्।

प्रतिक्रिया दिनुहोस्