काठमाडौं। दोस्रो हाफमा गरेको गोलमा विभागीय क्लब त्रिभुवन आर्मीले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै शहीद स्मारक ‘ए’  डिभिजिन लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको त्रिभुवन आर्मीको तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो। जितसँगै सातौं चरणको खेल सकिँदा त्रिभुवन आर्मीको १६ अंक भएको छ। जुन दोस्रो स्थानको मछिन्द्र भन्दा तीन अंकले बढी हो।

सातमध्ये त्रिभुवन आर्मीले पाँच खेलको जितेको छ भने एक हार र एक बराबरी खलेको छ। गत सिजन त्रिभुवन आर्मी चौथो स्थानमा थियो। मछिन्द्र र साविक विजेता मनाङको समान १३ अंक छ भने न्यूरोड टीम (एनआरटी), थ्री स्टार र नेपाल पुलिस क्लबको समान ११ अंक छ।

तीन अंकको अग्रता लिँदै त्रिभुवन आर्मीले उपाधि यात्रा बलियो बनाएको छ। तथापि लिगमा उपाधि होड भने खुला नै छ।

कप्तान भरत खवासले ५८औं मिनेटमा उत्कृष्ट गोल गर्दै क्लबलाई अग्रता दिएका थिए। सेसेहाङ आङदेब्वेको सुन्दर पासमा भरतले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दायाँ खुट्टाले हानेको सशक्त प्रहार च्यासलका गोलकिपर एलन न्यौपानेले रोक्न सकेनन्।

यसअघि संकटा क्लबविरुद्ध १–१ को बराबरी खेल्दा भरत खवास मैदानमै ढलेका थिए। मैदान छिर्ने बित्तिकै संकटाका लक्ष्मण रुचालको फ्री-किक रोक्ने क्रममा हेड गरेका भरत मैदानमै ढलेका थिए। उनी लगभग एक घण्टा अचेत भएका थिए। उनलाई अस्पताल लैजान मैदानभित्रै एम्बुलेन्स लगिएको थियो। तथापि प्रथमिक उपचारपछि उनी उठेका थिए।

तर, भरतले मैदानमा ढलेको एक घण्टा के-के भएको थियो आफूलाई केही होस नभएको बताएका थिए। आज दशरथ रंगशालामा च्यासलविरुद्ध उनी पहिलो रोजाइमा खेलेका थिए।

त्रिभुवन आर्मीले दोस्रो गोल काउन्टर अट्याकमा गरेको थियो। ७३औं मिनेटमा काउन्टरमा अट्याकमा अघि बढेका विकास खवासले हानेको प्रहार च्यासलका गोलकिपर एलनले रोके पनि रिबाउन्डमा प्राप्त बललाई नवयुग श्रेष्ठले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए।

यसँगै नवयुगको गोल संख्या चार पुगेको छ। जारी लिगमा धेरै गोल गर्नेमा एपीएफका आशिष लामा र च्यासलका सन्तोष साहुखलमात्र अगाडि छन्। आशिष र सन्तोषको समान पाँच गोल छ। नवयुग र नेपाल पुलिस क्लबका सुमन लामाको समान चार गोल छ।

त्रिभुवन आर्मीले तेस्रो गोल पेनाल्टीमा गरेको थियो। नवयुग श्रेष्ठलाई च्यासलका छिरिङ गुरुङले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि त्रिभुवन आर्मीले पेनाल्टीको अवसर पाएको हो। उक्त अवसरमा सन्तोषले कुनै गल्ती गरेनन्।

जारी लिगमा सन्तोषकाे यो दोस्रो गोल हो। उनले यसअघि थ्री स्टार क्लबविरुद्ध गोल गरेका थिए। कप्तान भरतको पनि लिगमा यो दोस्रो गोल हो।

" /> काठमाडौं। दोस्रो हाफमा गरेको गोलमा विभागीय क्लब त्रिभुवन आर्मीले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै शहीद स्मारक ‘ए’  डिभिजिन लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ।

"> च्यासलविरुद्ध त्रिभुवन आर्मीको सहज जित, उपाधि यात्रा बलियो: Dekhapadhi
च्यासलविरुद्ध त्रिभुवन आर्मीको सहज जित, उपाधि यात्रा बलियो

प्रतिक्रिया दिनुहोस्