हत्या आरोपमा तीन जना पक्राउ
काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साले हत्या गरेर फरार रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका–७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र सोही ठाउँस्थित रानिघाट बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन्।

१९ पुसमा सुरेन्द्रको चक्कु प्रहारबाट हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्