धरानका पूर्वमेयर राईकाे निधन

सुनसरी। धरानका पूर्वमेयर ध्यानबहादुर राईको आज निधन भएको छ। क्यान्सरबाट पीडित ५९ वर्षीय राईकाे दिउँसो १ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएकाे हाे।

भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव नभएपछि राईलाई एम्बुलेन्समार्फत् एक साताअघि नेपाल ल्याइएको थियो।

उनी २०४९ मा तत्कालीन एमालेबाट धरान नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

राई पछिल्लो समय समाजवादी पार्टीको केन्द्रीय कमिटीमा थिए ।

उनका श्रीमती, एक छाेरा एक छाेरी छन्।

प्रतिक्रिया दिनुहोस्