फर्किनेबेला अमेरिकाले गर्‍यो तालिबानमाथि हवाई आक्रमण, पाँच लडाकु मारिए एजेन्सी। अफगानिस्तानबाट अमेरिकी सेना फर्किने क्रम जारी रहेका बेला अमेरिकाले तालिबान प्रभावित क्षेत्रमा हवाई आक्रमण गरेको छ। केही दिनदेखि निरन्तर जारी रहेको कारबाहीमा ५ लडाकु मारिएको पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन्। अमेरिकी सेना फर्कने क्रम सुरु गरेपछि अफगानिस्तानमा तालिबान आक्रामक रुपमा अघि बढेको छ। देशको ८० प्रतिशतभन्दा बढी भूभाग आफ्नो कब्जामा रहेको दाबी तालिबानले गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्